हरि प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । असार मसान्तकाे समय । बैकमा सेवाग्रहीहरुकाे भिड बढिरहेपनि बैककाे लापरवाहिका कारण अर्घाखाँचीका जनता विगतका वर्षहरूमा जस्तै पिडित भएका छन् ।
अार्थिक वर्षकाे अन्तिम अन्तिम क्षणमा अाएर सरकारी याेजनाका रकम भुक्तानिदेखि अधिकाँस काराेवार मिलान गर्नुपर्ने बाणिज्य बैंककाे ढिलासुस्तिका कारण जनता पिडित भएका हुन ।
जिल्लामा रहेका सरकारी कार्यालयहरुले विभिन्न याेजनाहरुकाे भुक्तानी बाणिज्य बैँकबाट मात्रै गर्ने गरेकाे कारण बैकमा भिड बढ्ने गरेकाे भएपनि बैकले छिटाे छरिताे सेवा प्रवाह गर्न कुनै थप सक्रियता नदेखाएका कारण ५० हजारकाे भुक्तानिका लागि पनि जिल्लाकाे दुर्गम ठाउँमा जनता सवै काम छाेडेर लाईन बस्न बिबश बनेका छन् ।
बिहिवार साँझ करिव सवा चार बजे बैंकमा पुग्दा बैकका शाखा प्रमुख सुर्य प्रसाद भुसाल सेवा ग्राहिहरुसंग झर्किईरहेका देखिए । अत्यावश्यक सेवाकाे लागि बैक पुगेका सेवाग्राहिहरुलाई ‘अाज हुन्न भनेकाे सुनेनाै ।’ भन्दै जवरजस्ति ढाेकाबाट घचेटिरहेकाे दृश्य बिचित्रकाे देखिन्थाे ।
कामकाे चाप हुँदा पनि जनशक्ति व्यवस्थापन नगरि उल्टै झर्कने, चर्कने र थर्कने व्यवहारबाट अर्घाखाँचीवासी अाजित भएका छन् । जनताकाे समस्या मनन गरि जिललामा रहेका विकासे कार्यालयहरुले याेजनाकाे भुक्तानि अन्य कमर्शियल बैकहरुबाट पनि शुरु गर्नु अत्यावश्यक देखिन्छ ।