श्याम घिमिरे
अड्गुरी-सन्धिखर्क, अर्घाखाँची असार ३० । जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको पहुच सम्म न्याय क्षेत्र लाई पु-याउनका लागि आफुहरु लागी परीरहेको बताउनु भएको छ ।
जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा जिल्लाको पाणीनी गाँउपालीका वडानम्बर ७ को अड्गुरी भञ्ज्याङ्मामा आयोजित समुदायमा न्यायाधिस कार्यक्रम अन्तरगत न्यायीक संम्बाद तथा अन्तरक्रिया कार्यक्रममा मनतब्य राख्दै न्यायाधिस बास्तोलाले यस्तो भनाई ब्यक्त गर्नु भएको हो । आयो अदालतले गर्ने कामकारबाही र न्यायका कुराहरुलाई आम जनता सम्म लैजाने प्रमुख उद्धेश्यका साथ न्यायीक सम्बाद कार्यक्रमको आयोजना गरीएको भन्दै बास्तोलाले अदालतबाट जनतालाई प्रदानगरीने सेबा सुबिधामा कुनै प्रकारको ढिलासुस्ती हुन नदिन आफुहरु तत्पर रहेको बताउनु भयो । जनतालाई छिटो छरितो र जनमुखी न्याय दिनु अदालत को दायित्व भएको समेत उहाँले जानकारी गराउनु भएको थियो । त्यस्तै जिल्ला अदालत अर्घाखाँचीले हाल सम्म गरेको कार्य प्रगति बिबरणको बारेमा पनि जनतामाझ जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा पाणीनि गाँउपालीका का नबनिर्वाचिच अध्यक्ष अच्यूत गौतम,उपाध्यक्ष लक्ष्मी गौतम, वडानम्बर ७ का वडाअध्यक्ष भुबनेश्वर अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री,जिल्ला न्यायधिबक्ता रोमाकान्त ज्ञवाली, अर्घाखाँची बार ईकाईका अध्यक्ष केबि भुसाल,सचिब जगनाथ भुसाल,पत्रकार बिरेन्द्र केसी,तहशिल शाखाका केशबराज भुसाल,डिठ्ठा अनिता थापा,बैतनिक कानुन ब्यबसायी पबित्रा पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम मोहन प्रसाद बेल्बासेको स्वागत मनतब्य र सुचना अधिकारी टेकराज गैरैको सन्चालनमा सम्पन्न भएको थियो । अदालतले जिल्लामा पछिल्लो समयमा न्यायीक सचेतना अभियान अन्तरगत बिभिन्न गतिबिधिहरु सन्चालन गर्दे आईरहेको सहकर्मी श्याम घिमिरेले खबर पठाउनु भएको छ ।