पशुपती श्रेष्ठ
खन, अर्घाखाँची (अर्घाखाँची डटकम ) साउन १ गते । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ४ खन उपल्लाबढाचौर निवासि पिताम्बर खनालको २ वटै मृगौला खराव भएपछी उनकी बहिनी अस्मिता खनालले आम जनतासंग सहयोगको अपिल गरेकी छिन ।
बाबु पतिराम खनाल र धनकला खनालका एक मात्र छोरा २२ वर्षिय पिताम्बर खनालको २ वटै मुर्गौला खराव भएपछी अहिले काठमाण्डौको ग्रीन सिटि अस्पतालमा डायलाइसिस भईरहेको र मृगौला प्रत्यारोपण गर्न शिक्षण अस्पताल महाराजगंजमा केहि समय लाग्ने र घरको आर्थिक स्थिति एकदमै नाजुक भएका कारण सहयोग गरिदिनुहुन चाहानुहुन्छ भने उनको बहिनि अस्मिता खनालको एनआईसि एसिया बैंकमा रहेको खाता नम्बर ५०५६४८८४५७२४००१ मा आफु सक्दो आर्थिक सहयोग रकम जम्मा गरिदिन सक्नुहुनेछ ।
उनको उपचार खर्च जुटाउन सहयोग गर्ने महानुभावहरुको नाम र रकम अर्घाखाँची डटकम मार्फत प्रशारण गरिने छ ।
थप केही जानकारी पाउन चाहेमा उनकी बहिनि अस्मिता खनाल मोबाइल नम्बर +९७७-९८०६९३६८८३ उनकी आमा धनकला खनाल मोबाइल नम्बर +९७७-९८४७३४४९८० मा सम्पर्क गर्न सक्नुहुनेछ ।
पिताम्बर खनाल आमा अनि श्रीमतीसंग ।