हरिप्रसाद भुसाल
नुवाकोट, अर्घाखाँची साउन १ । भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले कसैलाई काखा कसैलाई पाखा नगरि समान स्तरले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भुमिकास्थान नगरपालिकाकाे वडा नं १,२,३ र ४ का वडा कार्यालायहरुकाे उद्घाटनगर्दै थापाले अाफ्नाे प्रमुख प्राथमिकता भ्रष्टाचारमुक्त नगर बनाउने रहेकाेले सवैकाे सहयाेगकाे खाँचाे रहेकाे बताएका छन् । भ्रष्टाचार लिने र दिने दुवैलाई कडा कारवाहि गर्ने बताउदै थापाले सवैकाे पहल र सक्रियतामा नमुना नगरपालिका बनाउन सकिने दावी गरेका थिए ।
कार्यक्रममा नगर उप प्रमुख खडान्नद बेल्वासेले अाफुहरु विभिन्न दलबाट उम्मेद्वार भएकाे भएपनि सपथ ग्रहणसंगै अाफुहरु कुनै दल बिशेषकाे नभएकाे बताएका छन ।
समृद्ध नगर बनाउनु अाफुहरुकाे एकमात्र उदेश्य रहेकाे बताउदै प्रमुख र उपप्रमुखले रचनात्मक सहयाेगकाे लागि अाग्रह समेत गरेका थिए ।
वडा नं १ काे कार्यालय साम्नेखाेला, २ काे कार्यालय पिपलनेटा, वडा नं ३ काे कार्यालय सिख्र ठाँटी र वडा नं ४ काे कार्यालय धारापानी बजारमा रहेका छन् ।
पदवहाली कार्यक्रमहरुमा स्थानिय जनताकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।