क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुंगा डुब्दा कम्तीमा ३४ जना सैनिक बेपत्ता भएका छन् ।
वेपत्ता भएका मध्ये क्यामरुनको सेनाको द्रुत उद्धार समुहका सिपाहीहरू रहेको रक्षा मन्त्रालयले सोमबार (आज) जनाएको छ ।
सेनाले आइतबार (हिजो) भएको सो घटनामा उद्धार समुहभन्दा बाहिरका अरु तीनजना सिपाही पनि परेको वक्तव्यमा उल्लेख गरेको छ ।
सैन्य डंगामा ३७ जना रहेको पनि सेनाले जनाएको छ । दुर्घटनामा परेको डुंगामा केही खाद्यपदार्थ र केही पेट्रोलियम पदार्थहरू ढुवानी गरिएको थियो । रक्षामन्त्री जोसेफ बेटी एसोमोले सैन्य डुंगा डुबेकोमा दुःख व्यक्त गर्दै खोजी तथा उद्धारका लागि काम सुरु भइसकेको बताए ।
पानीको छाल अत्यधिक हुने ठाँउ भएकाले दुर्घटना भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् । रासस/सिन्ह्वा