नविन केसी
खन, अर्घाखाँची । स्थानीय तहको निर्बाचनमा वार्ड अध्यक्ष पदमा अन्तरर्घात गर्ने नेता तथा कार्यक्रतालाई साधारण सदस्य नरहने गरि कारबाहीको लागी माथील्लो कमिटिमा सिफारीस गरेको छ ।
नेकपा एमाले मालारानी गाउँपालिका वडा नम्वर ५ वडा कमिटिको पूर्ण बैठकले अन्तरर्घातका वडामा हार भएको निष्कर्ष सहित ४ जनालाई कारबाहीको लागी सिफारिस गरेको छ । यसरी कारबाहीका लागी सिफारिस हुनेहरुमा मालारानी गाउँपालिका वडा नम्वर ५ का मुनाल महत ,लोक बहादुर महत ,लेखनाथ आचार्य र मोहन महत रहेका छन । वडा अध्यक्ष डाल बहादुर चौहानले भने ‘ तत्काल ४ जनालाई कारबाही गरियो अन्तरर्घात गर्ने अन्य पनि हुन सक्दछन पहिचानकालागी छानबिन समिति बनाएका छौ प्रमाण सहितको प्रतिबेदन आएमा जो भए पनि कारबार्ही हुन्छ’ । वडा कमिटिले मुनाल खड्का संयोजकत्वमा ५ सदस्य रहेको छानबिन समिति गठन गरेको छ ।
मालारानी गाउँपालिका वडा नम्वर ५ बाट वडा अध्यक्षको उम्मेद्धवार तिलक मिश्र १८ भोटले पराजित भएका थिए । काग्रेस माओबादी गठबन्धनका शोभाखर भुसालले १ हजार ५ र तिलक मिश्रका ९सय ८७ मत आएका थिए । चार जना सदस्य भने एमालेका उम्मेद्धवारले दुई सय मत अन्तरले गठबन्धनलाई पछि पार्दै चारै जना बिजयी भएका थिए ।
एमाले भित्रका माओबादी काग्रेसले हराएको भनेर उम्मेद्धवार मिश्रले केही दिन अगाडि मतादातालाई धन्याद दिने क्रम्मा भनेको केही दिन पछि बिहिबार बसेको वडा कमिटिको बैठकले अन्तरर्घात भएको निष्कर्ष निकालेको हो ।
एमालेको जिल्लाकमिटिको सचिवालय सदस्य पदमा रहेर काम गरेका मिश्र जिल्ला स्वास्थय कार्यालयको अधिकृत पदको जागिर बाट राजीनामा दिएर वडा अध्यक्षको पदमा उम्मेद्धवारी दिएका थिए ।