विक्रम पाण्डे ‘समान्ता’
डिभर्ना, अर्घाखाँची ,श्रावण ५ । अर्घाखाँची जिल्लामा रहेको सन्धिखर्क नगरपालिका वडा न १२ , डिभर्ना सल्लिकोटमा रहेको ज्ञान प्रकाश माबीमा कक्षा ११ सन्चालानार्थ सरोकारवाला बिच अन्तकृयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
साथै कार्यक्रमको अबसरमा सनपा १२ बाट निर्वा्चित जनप्रतिनिधिहरुलाई बधाई एवं स्वागत गरिएको छ । कार्यक्रम श्रोत ब्याक्ति युवराज भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा सनपा १२ मा कृयाशिल राजनितिक दलका प्रमुख , १२ बाट निर्वा्चित जनप्रतिनिधिहरु अध्यक्ष नारायण खड्का , सदस्य झम्मन कुमारी श्रेष्ठ , हिमकला टोटा , नारायण बस्याल , बाबुराम बस्याल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथी भुसालले बिद्यालयले आफुलाई जिल्लामा प्रतिष्ठित सामुदायिक बिधालयको रुपमा राख्न सफल भएकोमा धन्यवाद दिएका थिए ।
त्यस्तै वडा अध्यक्ष नारायण खड्काले आफुले पढेको बिद्यालय भएकोले तन , मन र बचनले सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बिद्यालयको बिकासको लागि लागि परेको भन्दै प्रधानाध्यापक सुर्य ब. खनाललाई धन्यवाद दिएका थिए ।कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कासीराम बस्यालको अध्यक्षता , प्रधानाध्यापक सुर्य ब खनालको स्वागत मन्तब्य तथा कार्यक्रमको सन्चालन शिक्षक उत्तम भट्टराईले गरेका थिए ।
बिद्यालयले यश बर्ष देखि कक्षा ११ मा ब्यबस्थापन र शिक्षा शास्त्र सन्कायमा कक्षा सन्चालन गरेको छ ।