मालारानी ५ मा कारवाहीको सिफारिस, नियोजित षड्यन्त्र: आचार्य

अर्घाखाँची डटकम संवाददाता
मालारानी, अर्घाखाँची । मालारानी ५ मा कारबाहीको सिफारिसलाई लिएर असन्तुष्टि प्रकट भएको छ । चुनावमा व्यक्तिगत रिसबी साँधेर हारको भारी आफूहरुलाई बोकाइएको लेखनाथ आचार्यले बताएका । 
आचार्यले भने ‘जिल्ला कमिटिमा चुनावमा गरिएको अन्तर्घात भन्दै गरिएको सिफारिसलाई हामीले गम्भिर रुपमा लिएका छौ यो कुनै तथ्यमा आधारित हुदैं होइन मालारानी ५ मा वडा अध्यक्ष बाहेक सबै पद एमालेले जितेको थियो पार्टीका उम्मेदवारलाई राम्रै मत दिएका छन् । चुनावमा गएपछि हारजित हुन्छ यसको समिक्षा गर्नुपर्छ तर रिसबी साँधेर छानिछानी केही व्यक्तिमाथि गरिएको कारवाहीको सिफारिसमा कुनै तुक देखिदैन ।’
हारको दोष चुनावमा उम्मेदरवार छनौट हुदाँ देखिएको प्रसंगले ल्याएको आचार्यले बताए । उनले थपे “वडा कमिटिले तिलक मिश्र र मुनाल महतलाई जिल्लामा उम्मेदवारको लागी सिफारिस गरेको थियो तर तिलक मिश्रले टिकट पाए मिश्रले टिकट पाएपनि मुनाल महत लगायत सबै सक्रिय रुपमा चुनावको प्रचारमा लागेका थिए जिल्लामा सिफारिस पठाउदाँ केहि विवाद भएको थियो त्यतिबेला को उठ्ने भन्ने विषयमा पक्ष विपक्षमा बाँडिएका हो ।’ लेखनाथले भने त्यहि बेलाको रिस फेर्न कारबाहीको नाटक गरियो नाता पर्ने हिसाबले पनि चुनावमा भोट अन्यत्र दिएको हो कि भन्ने भ्रामक कुरामा कमिटि लागेको देखीन्छ वडा कमिटिको मिटिङ्ग मा आफु वडा कमिटिको सचिबालय सदस्य भए पनि खबर नगरेको बताए । 
जिल्ला कमिटिमा गरिएको सिफारिसलाई पार्टिले उचित मुल्याङ्गन गर्ने र केही व्यक्तिको उक्साहटले गरिएको कारवाहीको सिफारिले आफुहरु नडगमाउने र पार्टिमा अविचलित भई लाग्ने समेत उनले  डट्कमलाई बताए । 

अन्य समाचारहरु