शितगंगा नगरपालिकाको सिद्दाराका क्यान्सर पिडितलाई विदेशबाट नेपालीहरुले आर्थिक सहयोग गरे


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ सिद्दाराका क्यान्सर रोगबाट पिडित यम बहादुर बेल्बासेको उपचारका लागि विदेशमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
७४ वर्षिया क्यान्सर पीडित बेल्बासेको उपचारका लागि सन्धिखर्क वार्ड नं १० बेल्टारी हाल इजरायलमा कार्यरत युबराज थापाको सक्रियतामा संकलन गरिएको रकम रु ४२३५० बयालीस हजार तिनसय पचास आज एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम युवराज थापाकी ७४ बर्षीय बुढी आमा कुमारी थापा ,श्रीमती कमला थापा ,दाजु यूवराज थापा, कृस्ण भुसाल ,राजेन्द्र भुसाल र,सहयोगी बिसी यम थापा पिताम्बर थापा भागवता थापा योगेन्द्र चौहानको उपस्थितीमा यम बहादुर बेल्बासेका श्रीमती हुमकला बेल्यासे र छोरी लाच्मी आचार्यलाई हस्तान्तरण गरिएको थियो ।
यम बहादुर बेल्बासेको अहिले भरतपुरमा उपचार हुँदैछ ।   उनको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको छ ।

अन्य समाचारहरु