वकील कार्यालय अर्घाखाँचीको भबन शिलान्यास ! कानुन कार्यान्वयन गर्ने निकाय कमजोर:- नायब महान्यायधिबक्ता (तस्बिर सहित)

 श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची साउन ९ । महान्यायधिबक्ताको कार्यालय काठमाण्डौका नायब महान्यायधिबक्ता बद्रिप्रसाद गौतमले नेपालमा कानुन कार्यान्वयन गर्ने निकाय कमजोर भएको कारण देशमा बिकृति बिसंगति आउने गरेको बताउनु भएको छ । 
जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँचीको भबन शिलान्यास कार्यक्रमा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै गौतमले यस्तो भनाई ब्यक्त गर्नु भएको हो । 
कार्यक्रममा मनतब्य राख्दै नायब महान्याधिबक्ता गौतमले नेपाल सरकारको हकहित र पिडित पक्षको तर्फबाट लड्ने एकमात्र संस्था सरकारी वकील कार्यालय भएकोले यसको समग्र बिकास हुनुपर्नेमा जोड दिदै सबै सेबागा्रहिहरुलाई हिजो भन्दा  बढी सुबिधा दिन सरकारी वकीलहरुलाई आग्रह समेत गर्नु भएको थियो । समयको गति र जनताको चाहाना अनुसार परीमार्जीत  भई कामकारबाहीलाई अग्रता दिनुपर्ने बताउदै जिल्लाका सबै सरकारी कार्यालयहरुको कानुनि अभिभाबक सरकारी वकील कार्यालय भएकालेपनि यसको संरक्षणमा ध्यानदिनुपर्ने बताउनु भएको थियो । साथै उहाँले नेपालमा कुण्डले र मण्डलेको बढी हाबि भएका कारण देश बिगे्रको भन्दै यि दुबैखाले शक्तिलाई चिरेर अगाडी बढ्नुको बिकल्प नभएको बताउनु भएको थियो । 
कार्यक्रममा सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिक,अर्घाखाँची जिल्ला बार ईकाइका अध्यक्ष केबी भुसाल लगाएतले शुभकामना मनतब्य राख्दै समय सिमा भित्र गुणात्मक रुपमा र मापदण्ड अनुसारले कामगर्न भबन निर्माणकर्तालाई अनुरोध समेत गर्नु भएको थियो । भबन सहरी बिकास तथा भबन निर्माण मन्त्रालयको सहयोगमा  करीब १ करोड ७५ लाख रुपैयाको लागतमा सम्पन्न हुने बताईएको छ ।
कार्यक्रम जिल्ला न्यायधिबक्ता रोमाकान्त ज्ञबालीको स्वागत मनतब्य र उपन्यायधिबक्ता हरी शंकर ज्ञबालीको सन्चालन सम्पन्न भएको थियो । 

अन्य समाचारहरु