अर्घाखाँचीमा दुई विरामीलाई बचाउन दुई पत्रकारको अभियान
श्रावण १० गते, २०७४ मा प्रकाशित
प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १० असार । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका – ४ उपल्ला बडाचौर निवासी २२ वर्षका पिताम्बर खनाललाई आर्थिक सहयोग गरिएको छ । घरको अवस्था कमजोर भएका खनालको दुबै मिर्गौला खराब भै काठमाडौंको ग्रिनसिटी हस्पिटलमा उपचार भईरहेको छ ।
पत्रकार कमल विष्टको सक्रियतामा संकलित रकम आज एक कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी शङकर भुसालको कार्यक्रक्षमा निजका कान्छोबुबा टिकाराम खनाल र विरामीको बैनी अस्मिता खनाललाई निप्रजिअ भुसालले पैतालिस हजार दुई सय हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरणमा निमित्त प्रजिअ भुसालले पनी २५०० नगद सहयोग गर्नु भएको छ । पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले सहयोग उठाउँन प्रयत्न गर्ने पत्रकार कमल विष्टलाई धन्यवाद दिदै पत्रकारहरु सुख र दुखमा साथ दिईरहेको बताउनु भयो । विष्टले यो अभियान जारी रहने बताउदैं सवैले सहयोग गरी उनको ज्यान बचाउँन आग्रह गर्नु भएको छ ।
उपचारको लागि ठूलो रकमको आवश्यकता परेकोले सबैले सहयोग गर्न घरपरिवारले आग्रह गरेका छन ।
यस्तै आगोले जलेकी अर्घाखाँची ढाकाबाङ कि १६ बर्षिय साबित्रा परियारलाई उपचारका निम्ति उठेको सहयोग रकम हस्तान्तरण गरिएको छ ।
उनको उपचारकालागि पत्रकार तथा समाजसेवी सहयोगी विसीले अभियान सञ्चालन गर्नु भएको थियो । उनको उपचारका लागि सहयोग जुटेको २० हजार रुपैया उनैलाई हस्तान्तरण गरि उपचारकालागि काठमाण्डौ पठाइएको सहयोगी विसीले बताउनु भयो ।
पत्रकार कमल विष्टबाट अहिले सम्म संकलित रकम विवरण:-