साउदीमा मृत्यु भएका भुमिकास्थान ढिकुराका युवाको परिवारलाई बीमा रकम प्रदान

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी अर्घाखाँची शाखाले बैदशिक रोजगारको शिलसिलामा साउदी अरबमा ज्यान गुमाएका भुमिकास्थान नगरपालिका वार्ड ५ ढिकुराका विष्णु प्रसाद भट्टराईको परिवारलाई बीमा रकम दिएको छ । 
 प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको अर्घाखाँची शाखा प्रमुख नारायण घिमिरेले एक कार्यक्रम आयोजना गरी विष्णु प्रसादकी श्रीमति मीना भट्टराईलाई ६ लाख पचास हजारको चेक  हस्तान्तरण गरेका थिए । कार्यक्रममा  प्रमुख घिमिरेले बिमा गरेका ग्राहकलाई समयमा सम्पुर्ण कागजात पुरा गरेमा छिटो, छरितो तरिकाले भुक्तानी दिईने बताएका थिए ।  
साउदी जानु भन्दा डेढ वर्ष अगाडि बिष्णुले प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो बीमा गराएका थिए । उनकी श्रीमति मीनाले बीमा रकम दावी गर्दै  असार महिनामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी अर्घाखाँचीमा निवेदन दिएकी थिईन ।     

अन्य समाचारहरु