भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजिनामा दिएका छन् ।
राज्यपाल केशरीनाथ त्रिपाठीसमक्ष नीतीशले राजिनामापत्र बुझाएका हुन् । राजिनामापत्र बुझाएपछि सञ्चारकर्मीसँग नीतीशकुमारले वर्तमान वातावरणमा राज्यको नेतृत्व लिन अफ्ठेरो भएकाले राजिनामा दिएको बताए ।
राजिनामा पत्र स्वीकृत भएपनि अर्को व्यवस्था नभएसम्मका लागि नीतीशले नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भ्रष्टाचारको आरोपमा पूर्व मुख्य मन्त्री लालूप्रसादका छोरा र उप मुख्यमन्त्री तेजस्वी यादवविरुद्ध सिबिआईले मुद्दा दर्ता गरेपछि नीतीशले पछिल्लो कदम चालेको बताइएको छ । भ्रष्टाचार मुद्दामा उप मुख्यमन्त्री नै मुछिएपछि राज्यमा चर्को विवाद उत्पन्न भएको छ । एजेन्सी