ओबामा केयर खारेज गर्ने योजना अस्वीकृत

अमेरिकी रिपब्लिकन दलद्वारा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको नामबाट सन्चालित स्वास्थ्य क्षेत्रको सुधारका लागि ओबामाकेयर कार्यक्रमलाई रद्द गर्ने पछिल्लो प्रयासलाई अमेरिकी सिनेटले शुक्रबार (आज) अस्वीकृत गरेको छ ।
यसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको दलको प्रतिपक्षी डेमोक्रेटिक पार्टी तथा ट्रम्पका पूर्ववर्ती ओबामा विरुद्धको कार्यक्रममा सत्ताधारी दललाई नराम्रो धक्का मिलेको छ ।
शुक्रबार अबेर असाधारण तनावबीच भएको मतदानमा रिपब्लिकन पार्टीका सिनेटर (सांसद) जोन म्याककेनले नै आफ्नै दलको प्रस्ताव विरुद्ध गरेको मतदान नै निर्णायक मत बनेको हो ।
परीक्षणबाट हालै मस्तिष्क क्यान्सर भएको पत्ता लागेका म्याककेनले रिपब्लिकनको अडान विरुद्ध मतदान गरेका थिए ।
 यो निराशाजनक नतिजा हो, वास्तवमै निराशाजनक परिवेश, सिनेटमा बहुमत भएको रिपब्लिकनको दल मिच म्याककोनेलले आफ्ना निकटस्थसँग मतदान नतिजापछि प्रतिक्रिया दिए । रासस/ एएफपी