सन्धिखर्क, अर्घाखाँची । नागपञ्चमीको दिन विहानै मठ मन्दिरमा आज भिड् लाग्यो । जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको १०८ पञ्चयामन मन्दिरमा बिहानै डोरो तथा जनै पुजिएको छ । जिल्लाका विभिन्न गाउँगाउँ तथा बाहिरी जिल्लाबाट सदरमुकाम बस्न आएका हरुलाई मन्दिरमा डोरो बान्दीन ब्राह्मणहरु व्यस्त थिए ।
क सय १० वर्षको इतिहासमा चौथोपटक रक्षाबन्धन पर्व यसपाली नागपञ्चमीकै दिन परेको हो । यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पुर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नागपञ्चमीकै दिन गरिएको हो ।
नागपन्चमी र रक्षाबन्धन एकैदिन गरिएको २७ वर्षपछि यो पटक हो । यसअघि विक्रम सम्बत १९६३,१९८२,२०२८ र २०४७ सालमा यस्तै परेको थियो । घनश्याम पाैडेलले हिन्दुखबर डट कममा समाचार लेख्नुभएको छ ।
तस्बिर: तस्विर : घनश्याम पौडेल/हिन्दुखबर