एमाले युवा संघ अर्घाखाँचीको शुसासन र सुचनाको हक सम्बन्धी सचेतना कार्यक्रम सन्धिखर्कमा सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची  साउन १४ । नेकपा एमाले निकटको युवा संघ नेपाल अर्घाखाँचीको आयोजनामा आज शुसासन र सुचनाको हक सम्बन्धी एक दिने सचेतना कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 
जिल्लाका बिभिन्न पालीकाहरुबाट युबाहरुको उपस्थीतिरहेको कार्यक्रमको सहजीकरण सिआईजी अर्घाखाँचीका अध्यक्ष
मुक्तिनाथ भुसालले गर्नुभएको थियो । भुसालले आरटिआईको परिचय यसको महत्व र जिल्लामा यसले गरेका महत्वपूर्ण गतिविधिहरुका बारेमा प्रशिक्षण दिदै विभिन्न निकायमा सुचना माग्नु र मागेका सुचना पाउनु जनताको मैलिक अधिकार भएको हुदा ढुक्क सँग सुचना माग्ने कार्यमा लाग्न युबाहरुलाई आग्रह समेत गर्नु भएको थियो ।
युबा संघ नेपालका जिल्ला अध्यक्ष गोविन्द आचार्यको अध्यक्षता,कृष्ण सेजवालको स्वागत मनतब्य र भोजन गुरुङको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले अर्घाखाँचीका सचिवालय सदस्य सिद्धीप्रसाद भुसाल, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यष्क्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु