युवराज पौडेल
जुकेना, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनाको सुधा माध्यामिक बिधालयमा ब्यबस्थापन समिती गठनको लागि आज आइतवार बसेको अभिभावक भेला बिना निष्कर्ष टुग्गिएको छ।
अहिले सम्म तिन पटक अभिभावक भेला र पटकपटक राजनीति दल नबनिर्वाचित प्रतिनिधिको बैठक बस्दै आएको छ। आज बसेको अभिभावकको बैठक एघार बजे बस्ने भनिए पनि प्रमुख राजनितीका प्रतिनिधि नबनिर्वाचित प्रतिनिधिको उपस्थिति नै भएनन् अभिभावकले प्रमुख प्रतिनिधि बिना कुनै ठोस निर्णय लिन नसकेको हो ।
बिधालय व्यवस्थापना समिति गठन चरम राजनीति भागबन्डामा खिततानी करिब दुई बर्ष देखि यस मावीमा अस्तब्यस्त भएको छ । पुर्ब अध्यक्षको कार्यकालमा आर्थिक अनियमितता भएको कारण देखाउदै विद्यार्थी ले छ महिना सम्म बिधालयमा तालाबन्दी गरेका थिए ।
तोकेको समय अबधी काटि आठ महिना बिति सक्दा पनि जिल्ला शिक्षा कार्यालयले कुनै चासो देखाएको देखिदैन । उता बिधालयमा व्यवस्थापन समिती गठन हुन नसक्दा पाउनु पर्ने छात्रवृत्ति समेतबाट विधार्थीहरु बन्चित भएका छन् ।