अर्घाखाँचीकी शुसिला गैरे बन्जाडेको नयाँ तीज गित चेलिको याद माईतिलाई बजारमा (भिडियो)


अर्घाखाँची डटकम्
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डटकम्) । अर्घाखाँची जिल्ला साविक नुवाकोट गाउँ विकास समिति वार्ड नं . ४ च्यूरामाटी हाल भूमिकास्थान नगरपालिका वडा नं . ८ मा जन्म भई  साविकको खिल्जी गाविस  हालको भूमिकास्थान-६ घरजम भई हाल काठमाण्डौलाई आफ्नो कर्मथलो बनाउनु भएकी शुसिला गैरे बन्जाडेले चेलिको याद माईतिलाई भन्ने आफ्नो नयाँ गित बजारमा ल्याउनु भएको छ ।
यस भन्दा अगाडी तिमी मोवाईल म सिमकार्ड हुन पाए हुन्थ्यो लोक दोहोरी गित बाट आफ्नो संगितिक यात्रा अगाडी वढाएकी गैरेको यो दोस्रो एल्वम हो । उनले आफ्ना दर्सक तथा स्रोतहरुलाई यसरी सम्वोदन गरेकी छन् ।
आदरर्णिय मेरा प्यारा दर्शक तथा स्रोताहरु सबैमा न्यानो नमस्कार तथा सांगितिक अभिवादन,  हजुरहरुको न्यानो मायाँ र प्रेरणाले मैले फेरी पनि तीज गितको कोशेली पस्की सकेकी छु । जसरी फुललाई फुलाउनको लागि मल र जलको आवश्यकता पर्दछ त्यसरी नै मेरो प्रतिभालाई प्रस्फुटित गर्दे अगाडी बढ्नको लागि हजुरहरुको असिम मायाँ, ममता र स्नेहको खाचो परिराखेको हुन्छ । त्यसैले हजुरहरुको उचित सल्लाह, सुझाव र रचनात्मक प्रतिकृयाहरुको सदैभ मलाई अभाव भईरहेने छ भन्दै आउदै गरेको हरितालिका तिज २०७४ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण दाजुभाई दिदिवहिनी हरुमा हार्दिक मंगलमय शुभकामना वयक्त गर्दै अहिलेको लागि चेलिको याद माईतिलाई भन्ने तिज भाका हजुरहरुप्रति सर्मपण गर्न चहान्छ ु।

अन्य समाचारहरु