गजल:- आफ्नै घरको जमीन छोड़ी

एच.एल. गौतम ( अर्घाखाची)
खनदह3! हाल- भारत 
आफ्नै घरको जमीन छोडी, शहरतीर कीन सरउ..!!
हलो-जुगां गरी वरू, लाग्छ गाँउ मै खेती गरउ..!!
हिडी मात्र हुन्न हजुर, गन्तव्य मै पुग्नुपर्छ..”
वीच बाटो मै फस्न कीन?जानी जानी जघांर तरउ..!!
सुखी होश या दु:खी जीवन, जे भएनी खुसी छु म.”
दुनीयाको पछी लागी, मधेश तराई कीन झरउ..!!
आफन्तलाई लत्तायर, धन-सम्पती जोर्नु भन्दा..”
सपानाहरू जलाएर, दु:खई  गरी-गरी मरउ..!!
[[२” आफ्नै घरको जमीन छोडी, शहरतीर कीन सरउ..!!
हलो-जुगां गरी वरू, लाग्छ गाँउमै खेती गरउ..”२!!]]