सन्धिखर्क नगरपालिकाद्वारा आफ्नो नीति तथा कार्यक्रमहरु सार्वजनिक, सुन्दर, स्वच्छ र हराभरा नगर (सम्पूर्ण विवरण सहित)

श्याम खनाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमहरु आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । 
नगर कार्यपालिकाको पहिलो वैठकले गरेका महत्वपुर्ण निर्णयहरु सार्बजनिक गर्दे नगरप्रमुख कमलप्रसाद भुसालले सन्धिखर्क नगरपालीकालाई पर्यटकिय क्षेत्रबाट माथी उठाई सुन्दर हराभरा र समुन्नत नगरपालीका बनाउने बताउनु भएको थियो । 
नगरपालीका क्षेत्र भित्र पर्ने धार्मीक तथा सास्कृतिक महत्व बोकेका बिभिन्न पर्यटकीय क्षेत्रको विकासमा विशेष जोड दिने बैठकले निर्णय समेत गरेको छ । साथै नेपालकै प्रशिद्ध धार्मिक स्थलको रुपमा परिचत सुपा देउराली मन्दिरलाई नगरपालिकाको मातहतमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 
यसका साथै नगर प्रमुख भुसालले सन्धिखर्क बजार भित्रका मोटरबाटाहरु निर्माण तथा मर्मतसुधार, फोहोर मैलाको उचित व्यवस्थापन , सूचना प्रविधिको विस्तार, सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता, ब्यबसायीक कृषिमा जोड, बिभिन्न बगैचाहरुको ब्यबस्थापन,स्वास्थ्य र शिक्षामा सहज पहुँच,  नक्सा पासलाई सहज बनाउने लगायतका कार्यहरु अगाडी बढाउने बताउनु भएको थियो । 
त्यस्तै विद्युत विस्तार तथा सौर्य सडक वत्ति जडान युवा स्वरोजगार कार्यक्रमलाई अग्रता, खानेपानी समस्याको समधान, खेल मैदानको उचित ब्यबस्था  लगायतका करीब ६० वटा बुदाँ भन्दा बढीको निति तथा कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो । 
पत्रकार सम्मेलनमा उपप्रमुख ठाकुर कुमार बिकले पनि निति तथा कार्यक्रहरुको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम नारायण पोख्रेलको सन्चालनमा सम्पन्न भएको थियो ।
सार्वजनिक नीति तथा कार्यक्रमहरु

अन्य समाचारहरु