श्याम घिमिरे
साउन २५ सन्धिखर्क, अर्घाखाँची । पहिचान प्रतिनिधित्व र स्वायत्त शासनका लागी आदिबासी जनजातीको अडान,अधिकार र समान्ता सुनिश्चीतताका लागी हाम्रो साझा पहिचान भन्ने मुलनारा सहित २३ औ बिश्व आदिबासी दिबस अर्घाखाँचीको सन्धिखर्कमा पनि मनाईएको छ ।
नेपाल आदीबासी जनजाती महासंघ जिल्ला समन्वय परीषद अर्घाखाँचीको आयोजना सम्पन्न कार्यक्रमामा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै अर्घाखाँची जिल्ला अदालतका जिल्ला न्यायधिस केशब प्रसाद बास्तोलाले अधिकारहरु कागजमा लेखेर मात्रै हुदैन त्यसलाई ब्यबहारमा परिबर्तन गर्नुपर्छ भन्दै राज्यको तर्फबाट यिनिहरुको सहयोग र सर्मथनमा उचित ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा सनपा नगरप्रमुख कमलप्रसाद भुसाल,प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेल,स्थानीय बिकास अधिकारी प्रदिप पौडेल, प्रहरी नायब उपरीक्षक एकनारायण काईराला,आदीबासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष टोपबहादुर बलाल,पत्रकार गणेश खनाल,बसन्त श्रेष्ठ,मानबहादुर घले,प्रेम घ.म, लगायतले मनतब्य राख्दै जनतातीहरुको सबै क्षेत्रमा समानुपातीक रुपमा प्रतिनिधित्व हुनु पर्ने भन्दै आफ्नो हक अधिकारको लागी आफैनै अग्रणीरुपमा लाग्नु पर्ने बताउनु भएको थियो ।
कार्यक्रम नेपाल आदीबासी जनजाती महासंघ जिल्ला समन्वय परीषद अर्घाखाँचीका अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षता र सचिब नेत्र थापाको सन्चालनमा सम्पन्न भएको थियो ।