श्याम घिमिरे
राष्ट्रिय जनमोर्चा पाणीनि गाँउपालीकाको संयूक्त भेला पाणीनीमा सम्पन्न भएको छ । राजमो पाणीनि गाँउपालीका ईन्चार्ज गोबिन्द बिसी र सहईन्चार्ज कल्पना पोख्रेलको बिशेष आतिथ्यतामा सम्पन्न भेलाले पाणीनि गाँउपालीकाको पार्टी सङ्गठनलाई मजबुत बनाउनको निम्ती विभिन्न निति तथा कार्यक्रमहरु तय गरेको छ ।
जसअनुसार अक्टोबर त्र्रmान्तिको शतबाषर््िाकी अभियानलाई मध्यनजरगर्दै सदस्यता बितरण,संगठन बिस्तार, भेला तथा अन्य सांगठनिक गतिबिधीहरु संन्चालन गर्ने जस्ता महत्वपूर्ण निर्णय गर्नुको साथै देबिप्रसाद भुसालको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय जनमोर्चा पाणीनि गाँउपालीकाको ठगन समेत गरेको छ ।
जसको उपाध्यक्ष, सचिब,कोषाध्यक्ष र सहसचिबमा क्रमशःपिताम्बर भुसाल,मिनिराज भट्टराई,श्रीधरा रावल र योगेस सारुलाई चयन गरेको छ । त्यस्तै समितिको अन्य सदस्यहरुमा चक्रबहादुर थापा, धनबहादुर जिएम, सुमित्रा खनाल, मिठास सोमरे,देबबहादुर रावल,मिना बेल्बासे,कमला घिमिरे,भागीरथ बेल्बासे,शान्ता जीसी र लक्ष्मी भुसाल रहनु भएको राजमो पाणीनि गाँउपालीकाले जनाएको छ ।