श्याम घिमिरे
अर्घाखाँची । गत असार १४ गते सम्पन्न स्थानिय तह दोस्रो चरणको निर्वाचनमा पार्टीलाई असहयोग र अन्र्तघात गरेको ठहर गर्दै नेकपा एमाले अर्घाखाँचीले अञ्चल कमिटी सदस्य पिताम्बर सारु सहित ११ जनालाई कार्वाही गर्ने निर्णय गरेको छ ।
त्यस्तै कार्वाही पर्नेहरुमा सिद्धीप्रसाद भुसाल, शिवकला विक, लेखनाथ भुसाल, गोपाल वस्याल, अम्मर पुरी, तोयनाथ खनाल, रुकबहादुर महत, मोहन महत, लेखनाथ आचार्य सहित ११ जनालाई लाई कार्वाही गरेको एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिनुभयो ।
निवार्चनमा पार्टीलाई असहयोग गरेकाहरुलाई छानवीन गर्नका लागी पुर्व जिल्ला सचिव एवं भुनपा नगर ईन्र्चाज दलबहादुर भट्टराईको संयोजकत्वमा ५ सदस्यीय समिती गठन गरेको आचार्यले बताउनु भयो ।
छानवीन जारी रहेको र अझै पनी त्यस्तो भेटीएमा जोसुकैलाई पनी कार्वाही गरिने अध्यक्ष आचार्यले बताउनु भयो ।