अर्घामा लाखे जात्रा निकालियो , डिभर्ना, सल्लिकोट, भक्तिटोलामा निकालिँदै

विक्रम पाण्डे समान्ता
अर्घा, अर्घाखाँची , ३० , श्रावण । श्री कृष्ण जन्माष्टमीको अवसरमा  जिल्लाको धार्मिक स्थल अर्घामा परम्परागत रुपमा  निकालिने लाखे नाच निकालिएको छ ।
लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।  अर्घामा भएको नाचमा सयौँ जनाको सहभागीता रहेको थियो ।
यस्तै  श्री कृष्ण जन्माष्टमीको अवसरमा मंगलवार अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडा न. १२ डिभर्नामा रहेको श्री  राधा कृष्ण मन्दिर ब्यबस्थापन समितिको आयोजनामा रथ यात्रा तथा रोपाई जात्रा निकालिने भएको छ ।
विगतको वर्ष जस्तै यस वर्ष पनि रोपाइ जात्रा  तथा रथ यात्रा निकालिने भएको मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष धन प्रसाद श्रेष्ठले बताएका छन् । मंगलवार दिउँसो १ बजे देखि ३ बजे सम्म रथ यात्रा निकालिने बताइएको छ । रथ यात्रा झेडि , सल्लिकोट , ठुटीपिपल , लहरेवाद र डिभर्नामा रहेको सिद्धेश्वर गुफा सम्म  पुराइने बताइएको छ ।  र रथ यात्राको कार्यक्रमको सकिए सङग ै३ बजे पछि रोपाई जात्रा निकालिने बताएको छ ।
यस्तै अर्घाखाँची युवा परिषद  र साथी सहकारीको संयुक्त आयोजनामा परम्परागत रुपमा मनाउदै आएको रोपाई जात्रालाई पनी निरन्तरता दिने भएको छ ।
परिषद र सहकारीको संयुक्त बैठकले भोली रोपाई जात्रा  र रथ यात्रा निकालिने बताइएको छ । मंगलवार भक्तिटोलामा रहेको शिवालय मन्दिरबाट रोपाई जात्रा निकाल्ने तयारी रहेको बताइएको छ ।

अन्य समाचारहरु