अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको तीन नगरपालिका र ३ गाउँपालिकामा गत हप्ता १३१० जनालाई नागरिक परिचयपत्र बितरण गरिएको छ ।
नागरिकता वितरण टोलीबाट सबै नगर – गाउँपालिकामा गत हप्ता १३१० नागरिकता सहित अपांग र जेष्ठ नागरिक परिचयपत्र बितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै फोटोसहितको मतदाता नामावली संकलन भइरहेका समयमा नागरिकता वितरण गरिएकाले मतदाता नामावलीमा नाम लेखाउनेको संख्या पनि उल्लेख्य रहेको छ ।