मालारानी खनका मृगौला पीडित खनालको उपचारको लागि साउदीबाट रु. ६००७५ आर्थिक सहयोग

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ४ खन उपल्लाबढाचौरका मृगौला पीडित पिताम्बर खनालको उपचारको लागि साउदी अरबबाट अर्घाखाँचीबासी सहितका नेपालीहरुले साठी हजार पचहत्तर रुपैया रु। ६००७५ आर्थिक सहयोग गरेका छन् । 
दुवै मृगौला खराव भएका खनालको उपचारको लागि बिदेशीएका युबाले साउदी अरबबाट पठाएको उक्त रकम आज एक कार्यक्रमका बिच पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । 
सो हस्तान्तरण कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर *लेकाली * सचिब सुर्य प्रसाद भुसाल, सहयोगी बिसी, स्थाननिय इन्दिरा खनाल लगायतको उपस्थिती रहेको थियो । 
बिरामी खनालको अहिले काठमाडौंमा उपचार भईरहेको छ। उनिलाई आफ्नी आमाले एउटा मृगौला दिने भएकी छिन् । 
साउदीबाट सहयोग गर्ने दाताको विवरण:-
१) अर्घाखाँची प्रबासी सम्पर्क मंच साउदी अरब रुपैया २०००० 
२) गिरि राज खनाल नेपाली रुपैया २९७० 
३) बिष्णु प्रसाद खनाल रुपैया २७००
४) सुनिल खनाल रुपैया २७००
५) किरण रेग्मी रुपैया २७००
६ ) डिला राम खनाल रुपैया २००० लगायत भोज राज खनाल, तुल्सी राम बन्जाडे, मदन श्रेष्ठ आकाश खनाल , कृष्ण खनाल , मणि राम खनाल, नबिन पौडल, प्रकाश भुसाल, टिका राम पन्थी, नारायण श्रेष्ठ, हिम नाथ बन्जाडे, यज्ञ भुसाल, राम जतन, दिनेश मगर, अर्जुन भुसाल, मोहन सुन्द्रम, मुनिरुल इस्लाम, किसमिस जावेद शेख, खड्क गुरुङ, मान बहादुर रजाली, राजेश खत्री, बिष्णु प्रसाद चपघाई, हेमन्त क्षेत्रि, लच्छुमन गुरुङ, नबराज कटुवाल, लाल बहादुर खड्का, लुरा तामांग, मंगल तामांग । 

अन्य समाचारहरु