हरि भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा नक्कली विद्यार्थी देखाएर विद्यालय संचालन गरिएको भन्दै शिक्षा विभागले एक विद्यालयलाई कारवाहीको सिफारिस गरेको छ ।
नक्कली विद्यार्थी देखाई विद्यालय संचालन गर्नुका साथै ६० बर्ष भन्दा माथीका कर्मचारीले कार्यालय सहयोगीको रुपमा काम गरेको भन्दै विभागले तत्काल आवश्यक कारवाही गर्न पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयलाई आदेश गरेको हो ।
जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ३ चौतारामा रहेको श्री सिदार्थ आधारभूत विद्यालयले नक्कली विद्यार्थी देखाएर विद्यालय संचालन गरिरहेको उजुलीका आधारमा विभागले पत्र लेखेको हो ।
विभागले सत्य तथ्य छानविन गरी तुरुन्त जानकारी गराउन निर्देशनालयलाई आदेश गरेको छ ।