मालारानी गाउँपालिकाको खन उपल्लाबढाचौरका मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण

तेज खनाल(गोकुल)
काठमाडौं ।  अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं. ४ खन उपल्लाबढाचौरका मृगौला पीडितलाई विदेशबाट पठाएको रु १,१६,०००/- (रु एक लाख सोर्ह हजार) आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।  
“बुद्धि त सवै प्राणीमा हुन्छ, तर विवेक मानविय प्राणी मा मात्र हुन्छ र त वर्तमानको कार्यले भविस्य लाई उज्ज्वल पार्न एउटा लाई अर्काको  सहयोग र हातेमालो जरुरी छ” सोही कुरालाई मध्यनजर गर्दै मालारानी गाउँपालिका वडा नं. ४ खन उपल्लाबढाचौर निवासि पतिराम खनाल र धनकला खनालका एक मात्र मृगौला पीडित छोरा २२ वर्षका पिताम्बर खनाललाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो ।  रकम विरामी पिताम्बर खनाल र उनकी आमा धनकला खनाललाई हस्तान्तरण गरिएको थियो । 
खनालका २ वटै मृगौला ड्यामेज भएकोले अहिले काठमाण्डौमा डायलाइसिस भईरहेको र मृगौला प्रत्यारोपण गर्न शिक्षण अस्पताल महाराजगञ्जमा केही समय लाग्ने भएको छ ।   
उनको पारिवारिक आर्थिक स्थिति दयनिय भएकोले ” जन्मथलो पातलकटेरा र कर्मथलो दुवई  बनाउनु भएका श्री शिद्धबाबा जालकाडा वचत समुह यू ए ई पातलकटेरा ” मा आवद्द पातलकटेराले सहयोग गरेका थिए ।  
सहयोग गर्नेमा:
१) लाल ब खनाल
२)थम्मन सेजवाल 
३)रिखिराम सेजवाल
४)गोविन्द खनाल
५)राजेन्द्र खनाल(लिल)
६)प्रेम खनाल 
७)लाल ब. खनाल( सुवास)
८)गणेश खनाल
९)प्रेम खनाल
१०)ठाकुर खनाल
११)नारायण खनाल
१२)बावुराम खनाल 
र सागर खनाल, बोम ब. सेजवाल, केशव खनाल , प्रकाश खनाल,केशव खनाल ।

अन्य समाचारहरु