अर्घाखाँचीडट्कम संवाददाता
नई दिल्ली ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका स्थित बाँगीका एक युवाको भारतको राजधानी नयाँ दिल्लीमा मोटरसाइकल दुर्घटना परि मृत्यु भएको छ ।
मालारानी गाउँपालिका वार्ड न.-५ बाँगी, भणडार पल्ला पोखराका वीर बहादुर कुँवर (सेते) का छोरा सुरज कुँवरको दिल्लीको फरिदाबाद – गोविन्दपुरीमा अगस्ट २० गते आईताबार दिउसो ११ बजेर २७ मिनेट जाँदा अफिस जाने क्रममा ट्रकले ठ्क्कर दिदा घटनास्थलमा निधन भएको छिमेकी हरि कुँवरले अर्घाखाँची डट्कमलाई बताए ।
३२ वर्षिय सुरज परिवार सहित लामो समय देखि दिल्लीमा बस्दै आएका थिए । उनका एक श्रीमती र ६ वर्षय छोरा छन् ।
यस्तै उनी कुँवर परिवार बाँगी, अर्घाखाँची कुँवर गार्डेन सोसाइटी नेपाल, नवदिप युवाक्लब बाँगी भण्डारका समितीमा थिए । अती मिलनसार सहयोगी सुरजको निधनले दिल्लीमा रहेका अर्घाखाँचीबासी लगायतका नेपालीहरु मर्महत र स्तब्ध भएका छन् ।
सुरज सानै उमेर देखि दिल्लीमा रहदै आएका थिए । उनी अर्घाखाँची आउने जाने गरिरहन्थे ।
तस्बिरमा श्रीमतीसँग सुरज कुँवर ।