प्रेम खड्का
ठाडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको हटियामा बेबारिसे एक शब फेला परेको छ ।
तीन दिन अगाडि हटियाका स्थानियबासीले बेबारिसे एक जोगीको भेषमा मृत्यु भएको अवस्थामा फेला परेपछि ठाडा प्रहरीलाई जानकारी गराएको थिए । ठाडा प्रहरी चौकी प्रमुख नवराज न्यौपानेको टोली तत्काल हटियामा पुगेको थियो ।
अन्दाजी ७० वषिय उमेर देखिने मृत्यु व्यक्तिको परिचय खुल्न नसक्दा र कोही आफन्त नआएकोले ३ दिन पछि पोस्टमार्टम गरी नगरपालिकाको सहमतीमा दाह्संस्कार गरिएको छ । दाह्संस्कार गर्न जेसिबीमा राखेर लगिएको थियो ।