प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अब रात्रिकालीन समयमा होटल तथा रेस्टुरेन्ट कडाई गरिने भएको छ ।
आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि भन्दै प्रहरीले अब रात्रिकालीन समयमा सन्धिखर्क, चुत्राबेशी, ठाडा, फुदवाङ लगायत जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका बजारहरुमा होटल तथा रेस्टुरेन्ट कडाई गर्न लागेको हो ।
रात्रिकालीन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन यसरी होटल तथा रेस्टुरेन्ट कडाई गराउन प्रहरी नायब उपरीक्षक यकनारायण कोइरालाले अर्घाखाँचीडट्कमलाई बताए ।
राती अबेरसम्म होटल रेष्टुरेन्ट खुला हुँदा अपराध बढेको निष्कर्ष निकाल्दै प्रहरीले ९ बजेपछि कडाई गर्न लागेको हो । अब राती अबेरसम्म खोल्ने होटल र रेष्टुरेण्ट सञ्चालक र ग्राहकहरुलाई प्रहरीले पक्राउ सम्म गर्ने भएको छ ।
उता यस क्षेत्रमा आपराधिक गतिविधि गर्ने जो कोहीलाई पानी भित्र गएपनि नछोड्ने प्रहरीले बताएको छ । रात्रिकालीन समयमा मापसे गरेर होहल्ला गर्नेलाई नियन्त्रणमा लिनुका साथै मदिरा बेचबिखन बन्द गराउन, सवारी चेकजाचलाई तिब्र गराउने प्रहरीले बताएको छ । पछिल्लो समय अर्घाखाँची जिल्लामा मादक पदार्थ सेवन गरि धेरै होहल्ला र कुटपिटका घटना बढेको देखिन्छ ।