सहयोगी बिसी
सन्धिखर्क, अर्घाखाँची । दन्द्वको समयमा नोक्सान भएका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं १ मा नापी भएका ६३ सय ३० कित्ता मध्ये कित्ता काट गरि ७६ सय कित्ता पुगेको विशेष नापी कार्यालयले जनाएको छ । ती कित्ता मध्ये ५०% जग्गाको जग्गाधनी प्रमाण पुर्जा तैयार भएको अमिन नारायण प्रसाद सुबेदीले बताउनु भएको छ ।
हामीले नापी गरेर सिध्याएको १ बर्ष भएको र जग्गा दर्ता गर्न सुचना जारी गर्दापनी जग्गा धनी समयमा कार्यालयमा न आउदा हामीलाई काम गर्न अति नै अप्ठ्यारो भएको अमिन रबिन्द्र कुमार शाहले बताउनु भयो । हामी कार्यालय आएका सेवाग्राहीलाई बिहान देखि साँझसम्म सेवा पुर्याइरहेका छौँ ।
सिंगो जिल्लाको काम भन्दा सन्धिखर्क नगरपालिका वडा नं . १ र २ को काम अति नै संबेदनसिल रहेको उहाँहरुको अनुभव रहेको छ ।
जग्गा दर्तागर्न बाँकी रहेका जग्गा धनीहरुलाई आफ्नो जग्गा धनी प्रमाण पुर्जा, नागरिकता प्रमाणपत्र, तिरो तिरेको रसिद, जग्गा खरिद गर्दा मालपोतमा रजिस्टेशन पास गरेको कागजात, अंशबण्डाका कागजात सहित छिटोभन्दा छिटो कार्यालयमा सम्पर्क राख्न समेत कार्यालयले अनुरोध गरेको छ ।