श्याम घिमिरे
बल्कोट, अर्घाखाँची । रुपन्देही सम्पर्क समाजको पहलमा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका लागी एम्बुलेन्स हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।
जिल्लाको साबिक बल्कोट गाबीसबाट बिभिन्न पेसा ब्यबसायमा संलग्न तथा बसाईसराई गरी रुपन्देही जिल्लामा बसोबासगर्ने बिभिन्न ब्यक्तिहरुको सक्रियतामा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । आचार्य चिन्तामणी चेरीटेबल ट्रष्टको सौजन्य र तुल्सीराम पाण्डेको बिशेष पहलमा एम्बुलेन्स हस्तान्तरण गरीएको हो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि छत्रदेब गाँउपालीकाका अध्यक्ष लेखनाथ पोख्रेलले यातायातको सहज सुबिधा नपाएको कारण कैयौ बिरामीहरुले अकालमै ज्यान गुमाउन परेको भन्दै अबदेखी त्यो समस्या नआउने कुरामा जोड दिनु भएको थियो । प्रमुख पोख्रेलले कुनैपनि बस्तुको प्राप्तीकरण गर्नुभन्दा त्यसलाई ब्यबस्थापन गर्नमा अग्रता देखाउनु पर्ने भन्दै समग्र छत्रदेब गाँउपालीकाको बिकास निमार्णमा आफुहरु दृढ रुपमा लागी पर्ने बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा मनतब्य राख्दै बल्कोट रुपन्देही सम्पर्क समाजका अध्यक्ष दिपक पन्थीले आफुहरु ह्ुर्के बढेको र पढेलेखेको ठाँउको बिकास निर्माणकोलागी एक कदम माथी उठेर कामगर्ने भन्दै केही समयमै वडानम्बर २ र ३ मा सभाहल निर्माण र दशैतिहारको बिचमा श्वास्थ्य शिबिर पनि सन्चालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य संम्सोधिन मिया,छत्रदेब गाँउपालीकाकी उपाध्यक्ष तुलसादेबि श्रेष्ठ,बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराई,तुल्सीराम पाण्डे,पत्रकार सोभाखर पन्थी लगायतले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम दुई नम्बर वडाका वडाअध्यक्ष राजेश कुमार पन्थीको अध्यक्षता तेजप्रसाद खनालको स्वागत मनतब्य र मोहन भट्टराईको सन्चालनमा सम्पन्न भएको सहकर्मी श्याम घिमिरेले खबर पठाउनु भएको छ ।