युवराज थापा
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ अर्घाका एक बालकको आर्थिक कारणले उपचार हुन् नपाउदा मृत्यु भएको छ ।
अर्घा स्थित भेडावारीका १४ बर्षिया दिपक गन्धर्वको सन्धिखर्क जिल्ला अस्पताल उपचारको लागि लैजाने क्रममा भाद्र ११ गते बाटोमै मृत्यु भएको हो ।
यस अघि दु:ख सुख गरेर संकलन गरेको पैसाले काठमाडौंमा फियोको अप्रेशन गरेका उनको एक्कासि रगत उलटी गरेका थिए । बालक दिपक गन्धर्व राहीस चौर माबि रजस्थल अर्घामा कक्षा ६ मा अध्यनरत थिए ।
उता छोराको मृत्यु भएको ४ दिन भई सक्दा पनि मृतकका बाबु सर्मे गन्धर्व सम्पर्कमा आएका छैनन् । उनी छोराको उपचार र घरको दैनिकी जुटाउन बाहिर गएका थिए ।
सर्मेले छोराको उपचार र घरको दैनिकी जुटाउन गाउँ गाउँमा तथा जिल्ला भन्दा बाहिर सारंगी बोकेर हिडने गर्दथे, १५ दिन घरमा १५ दिन बाहिर गाउँमा हिड्डुल गरेर जम्मा गरेको खाद्यन्न ,लत्ताकपडा, पैसाले आफ्नो परिवारहरुको जिविकाउपार्जन गर्दै आएका थिए ।
तस्बिरमा बाबु सर्मे गन्धर्व