– प्रेम खड्का
ठाडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका -१२ देउराली नजिकका स्थानमा अबैध रुपमा लगाएको गाजा नष्ट गरेको छ । स्थानिय बासिन्दा र प्रहरीको पहलमा ति स्थानमा लगाएको करिव २०० किलो बराबर गाजा नष्ट गरेको हो ।
स्थानिय जग्गामा रहेको गाजा बिहीवार ठाडा प्रहरी चौकीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) नवराज न्यौपानेको नेतृत्वमा गएको टोलीले नष्ट गरेको हो । गाजा कानुन अनुसार रोप्न नपाईने भन्दै प्रहरीलेे गाजा नष्ट गरेको इन्स्पेक्टर नवराज न्यौपानेले बताउनुभयो ।
जिल्लाका अन्य ठाउँमा पनि अवैध गाजा रोपीएको सुचना आएको प्रहरीले जनाएको छ । जिल्लाभरकै गाजा नष्ट गरिने प्रहरीको भनाइ छ ।