अर्घाखाँचीका धार्मिक स्थललाई पर्यटन व्यवसायमा रुपान्तरण गर्न सके आर्थिक समृद्ध हुने

गोपाल प्रसाद भट्टराई
सुपादेउराली, अर्घाखाँची भाद्र-१७ । नरपानीको सुपादेउराली मन्दिर, पाणिनी तपोभुमी,सन्धिखर्कको सिद्धेस्वर शिवालय मन्दिर, गणेश पन्चायङ्ग मन्दिर,अर्घाको भगवति मन्दिर, खनदहको मालारानी, सन्धिखर्कको शान्ति र लदाम बंगैचा, खनको जालकाँडा,ठाडाको डमरु दह,मसिनाको लेक यि त केही उदाहरण मात्रै हुन् । यस्ता चर्चित र एतिहाँसिक धार्मिक तथा पर्यटकिय स्थलहरु अर्घाखाँची जिल्लामा धेरै रहेका छन् । 
यस्ता क्षेत्रहरुको संरक्षण,विकास र प्रचार गरेर पर्यटन विकास गर्न सकेमा अर्घाखाँची जिल्ला आर्थिक समृद्धितर्फ उन्मुख हुन सक्दछ । तर प्रचार-प्रसारको अभावमा अर्घाखाँची जिल्लाको एक मात्र चर्चित सुपादेउराली मन्दिर बाहेक अन्य थुप्रै धार्मिक एवम् प्रयटकिय स्थलहरु ओझेलमा परेका छन् । जसमध्ये भुमिकास्थान नगरपालिका वडा नम्वर ६ मा रहेको दुर्बाङ्ग फाँटपनि अहिले पर्यटकको पखाईमा रहेको छ । करिब ५०० रोपनी क्षेत्रमा फैलिएको कृषियोग्य समथर भुभाग ,सलल बगेको झिमरुक नदी, नदी किनारमा रहेको बालुवामा भलिबल खेल साच्चिकै हेर्न लायक दृश्य बन्दछन् दुर्बाङ्गका । त्यस क्षेत्रमा जिल्लाका विभिन्न स्थानबाट बनभोजको लागी मानिसहरु जाने भए पनि अन्य पर्यटक भने खासै पुग्न नसकेको स्थानियको भनाइ रहेको छ । 
पछिल्लो समय भुमिकास्थान नगरपालिकाले दुर्वाङ्ग क्षेत्रलाई कृषि तथा पर्यटन क्षेत्रको रुपमा अगाडि बढाइ आन्तरिक स्रोत बृद्धि गर्ने समेत योजना बनाइरहेको नगरपालिकाका प्रमुख रेशम थापाले बताउनुभएको छ ।नगर प्रमुख थापाले खिल्जीको दुर्बाङ्ग,ढाकावाङ्गको खाकाबेसी,नुवाकोटको छिर्लिङ्गखोला,धनचौर सेङ्गलेङ्गको लेक लगायतका सम्भावित क्षेत्रहरुमा आबस्यक पूर्बाधारको विकास गरि पर्यटनलाई अगाडि बढाउने योजनामा आफु र आफ्नो टिम लागिरहेको जानकारी दिनुभयो । प्रमुख थापाले दुर्बाङ्गमा घुम्न जाने पर्यटकलाई झिमरुक नदिमा फिसिङ्ग गर्ने सुविधा दिन त्यस क्षेत्रमा फिसिङ्ग क्षेत्रको बिकाश गर्न थालेको पनि बताउनुभयो ।
यस्तै सन्धिखर्कको लदाममा आधुनिक बगैचा निमार्णमा जुटिरहनुभएका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले अर्घाखाँचीमा पर्यटन विकासको प्रचुर सम्भावना रहेकोले यसलाई सिद्ध गर्न युवाहरुको सक्रियता महत्वपूर्ण हुने बताउनुभएको छ । सहायक प्रजिअ खत्रीले जिल्लाको विकासमा जिल्लामा रहेका सम्पूर्ण पक्षको सकरात्मक सहयोग रहनुपर्नेमा जोड दिनुभएको छ । 
जिल्लामा रहेका धार्मीक साँस्कृतिक एवम् पर्यटकिय स्थलको संरक्षण,प्रबद्र्धन र विकास गर्न सकेमा अर्घाखाँचीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित गराउन सकिने भन्दै यसको निम्ती सम्पूर्ण पक्ष एक जुट हुनुपर्ने पत्रकार श्याम घिमिरेको धारणा रहेको छ । 
राज्य पूर्नसंरचना संगै पूर्बाधार विकास बिनानै बनेका पालिकाहरुको आर्थिक भार धान्न जनतामा करको दायरा मात्र बढाउनु भन्दा प्रत्येक पालिकामा रहेका यस्ता ऐतिहाँसिक,रमणिय स्थलहरुलाई पर्यटन ब्याबसायमा रुपान्तरण गर्न सकेमा पालिका मात्र हैन अर्घाखाँची जिल्लानै आर्थिक रुपमा समृद्ध हुन सक्ने सरोकारवालाको भनाइ रहेको छ ।
Image result for मालारानी मन्दिर  arghakhanchi.com
Image result for अर्घाखाँची arghakhanchi
Image result for अर्घाखाँची
Image result for अर्घाखाँची arghakhanchi

अन्य समाचारहरु