प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका -७ को कुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।
कुरको पल्लाबारी निवासी चुरामणी खनाल र मनिषा खनालकी ८ वर्षिया छोरी अस्मिता खनाललाई घरको आगनमा खेलिरहेको बेला साँझ नहुँदै ४:१५ बजे आक्रमण गरेको हो । चितुवाको आक्रमणले उनको छाती र हातमा चोट लागेको छ ।
उनको सन्धिखर्क स्थित जिल्ला अस्पतालमा उपचार हुन नसक्दा बुटवल रिफर गरिएको छ । उनको अवस्था सामान्य रहेको छ । मनिषाले श्री भगवती माद्यामिक विधालय कुरमा कक्षा ३ मा पढदै आएकी छिन् । उनका बुवा चुरामणी बैदशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् ।
पछील्लो समय अर्घाखाँची जिल्लाभर चितुवाको बिगबिगी बढेको छ । गत वर्षमा चितुवाले आधा दर्जन बालबालिकाको ज्यान लिईसकेको छ ।