अमेरिकामा अर्धचेत बिरामीको रगत तान्न अस्वीकार गर्दा नर्सलाई पक्राउ गर्ने प्रहरीमाथि छानबिन सुरु

 अमेरिकी राज्य युताको एक अस्पतालमा प्रहरीले आफ्नो आफन्तको उपचारका लागि अर्धचेत बिरामीको रगत तान्न अस्विकार गर्ने नर्सलाई पक्राउ गरी यातना दिएको घटनामथि अनुसन्धान सुरु भएको छ ।
गत जुलाई २६ मा साल्ट लेक सिटीस्थित एक अस्पतालमा कार्यरत नर्स अलेक्स वब्बललाई प्रहरीले भनेको नमानेपछि नियन्त्रणमा लिइ करिब २० मिनेटसम्म प्रहरीकै गाडीमा वन्दी बनाएका थिए ।
उक्त घटनाको श्रब्यदृष्य सामग्री (भिडियो फुटेज)ले सामाजिक सन्जालमा चर्चा लिन थालेपछि यस घटनामा दोषी भनी आरोपित दुई प्रहरीसहित एक अधिकारीमाथि अनुसन्धान सुरु भएको हो । साथै, प्रहरी प्रमुखले दुई प्रहरीमाथि घटनाको अनुसन्धान नगरी प्रशासनिक विदामा बसेको आरोप पनि लगाएको छ ।
प्रहरीको शरिरमा रहेको क्यामेरा तथा अस्पतालको सिसी क्यामेरामा रहेको दृष्यमा ती नर्सलाई अस्पतालबाट हतकडी लगाएर प्रहरी कारमा करिब २० मिनेटसम्म बन्दी बनाएको र ती महिला चिच्याउँदै गरेको देखिइएको छ ।
सामाजिक सन्जालमा सार्वजनिक उक्त भिडियोमा ती नर्सले ‘मैले गल्ति गरेको छैन मलाई दुःख दिँदै हुनुहुन्छ । यसो नगर्नुस रोक्नुस’ भनी चिच्याएको देखिएको छ ।
अस्पतालका प्रवक्ता सुजाने विनचेस्टरले नर्सलाई अस्पताल प्रशासनको हस्तक्षेपपछि छुटाइएको बताए ।
विनचेस्टरले भने, यो असाधारण घटना हो । सबै यसबाट स्तब्ध भएका छौँ । बिरामीको अनुमतिविना नै रगत निकाल्न दवाव दिएको भए यसमा सम्लग्न दोषीमाथि कारबाही हुनुपर्छ । रासस/ एएफपी