अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेशी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित चुत्राबेशीमा रहेको श्री जनज्योती उच्च मावीले सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधीहरुलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकका मेयर कमल प्रसाद भुसाल, उपमेयर ठाकुर कुमार विक किशोर, जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा भुसाल, सन्धिखर्क नगरपालिका २ का अध्यक्ष मोतिजंग रायमाझी, अर्घाखाँची आवासिय विद्यालयका प्रिन्सीपल श्रीकृष्ण भुसाल लगायतको उपस्थिती रहेको थियो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धर्मराज बन्जाडेको अध्यक्षता र शिक्षक नन्दराम भट्टराईको सञ्चालनमा सम्पन्न सम्मान तथा अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पशुपति भुसाल र शिक्षक माधव गौतमलाई सम्मान गरिएको थियो ।