पहिलो प्रकासित मिती: २०७४ भाद्र २३ गते
श्याम घिमिरे
सन्धिखर्क । संघिय नेपाल समृद्धिको आधार ,स्तरीय शिक्षा सबैको अधिकार भन्ने मुख्य नारा सहित ३८ औं राष्ट्रिय शिक्षा दिबस तथा अन्तराष्ट्रिय साक्षरता दिबस एक कार्यक्रमको आयोजना गरी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनी मनाईएको छ ।
जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै अर्घाखाँची जिल्ला अदालतका माननिय जिल्ला न्यायधिश केशब प्रसाद बास्तोलाले शिक्षा बिकास र उन्नतीको प्रमुख आधार भएकोले यसको बिकासका लागी सबै पक्ष एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । सबैभन्दा ठुलो सम्पती भनेकै शिक्षा भएकोले यसको बिकास गर्नसके राष्ट्रको बिकास हुने धारणा ब्यक्त गर्दे न्यायधिस बास्तोलाले शिक्षाका आधारहरुलाई हातेमालो गरी अगाडी बढेमा देशबिकासमा ठुलो टेबा पुग्ने बिश्वास समेत ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालीकाका प्रमुख कमलप्रसाद भुसाल,निमित्त प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद भुसाल, नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कान,नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य , राजमोका जिल्ला सचिब गोपालप्रसाद पौडेल,नेपाल कम्युनिष्ट पार्टीका खेम घर्ती,नयाँ शक्तिपार्टीका दिनेश सुनार,नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष हरीप्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी, शिक्षक रोमाखर बन्जाडे लगायतले मनतब्य राख्दै ब्यबहारीक र गुणस्तरीय शिक्षा आजको पहिलो आबश्यकता भएको बताउदै यसको बिकासमा सबै पक्षको ध्यान जानु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा २०७३ सालमा कक्षा ८ र एसईई परीक्षामा बिभिन्न बिधामा उत्कृष्ट नम्बर ल्याउने सामुदायीक र संस्थागत बिद्यालयका छात्रछात्राहरु एवं उत्कृष्ट कामगरेबापत बिद्यालयका शिक्षक शिक्षीका र बिद्यालय कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान समेत गरीएको थियो ।
त्यस्तै कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले शैक्षिक प्रतिबेदन प्रस्तुत गर्दे शैक्षिक सुचांकमा पश्चिमाञ्चल बिकास क्षेत्रमा अर्घाखाँची जिल्ला उत्कृष्ट जिल्ला भएको जानकारी समेत गराउनु भएको थियो । कार्यक्रममा स्थानिय बिभिन्न बिद्यालयहरुका कलाकारहरुले गित र नृत्य प्रस्तुत गरी सभाहललाई रोचक समेत बनाएका थिए । कार्यक्रम जिल्ला शिक्षा समिति अर्घाखाँचीका अध्यक्ष पिताम्बर शर्माको अध्यक्षता माधब बन्जाडेको स्वागत मनतब्य र शाखा अधिकृत बलराम मिश्रको सन्चालनमा सम्पन्न भएको हो ।