प्रेम खड्का
भालुखोला, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क -७ प्रगतीनगर ( साविक खाचिकोट – ६ भालुखोला बाजाबारी) का एक बालकलाई बाघले खाएको छ ।
रमेश केसी र निर्मलाको वर्ष ४ को कान्छो छोरो बालक मनिष केसी (गोले)लाई घरको आगनमा खेलिरहेका बेला बाघले आक्रमण गरी लगेको थियो ।
स्थानियबासी र प्रहरीको खोजीमा बच्चालाई सपेटा ( साप्रा ) खाएको अवस्थामा टोडेहारा वारी ठुला पहिरा दमासेको खेती माथि फेला पारीएको छ । साथै बच्चाको शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ ।
पछिल्लो समय अर्घाखाँची जिल्लामा बाघले ठुलो मानविय क्षती पुर्याएको छ । दैनिक जसो आक्रमणका घटना भएका छन् ।