पहिलो प्रकासित मिती: २९ भदौ, २०७४
सरुवा भएर जादै गरेका अर्घाखाँची जिल्ला अदालतका जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोलालाई पत्रकार महासंघ र उद्योग वाणिज्य महासंघले सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा विदाई गरेका छन् ।
श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । न्याय क्षेत्रमा भएका कामहरुलाई जनता माझ पु-याउन सञ्चार माध्यमहरुले महत्वपूर्ण भुमिका खेलेको जिल्ला न्यायाधिस केशबप्रसाद बास्तोलाले बताएका छन् । अर्घाखाँची टाईम्स पत्रिकाले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको सम्मान तथा बिदाई कार्यक्रममा उनले उक्त कुरामा बताएका हुन् ।
जिल्लामा सञ्चालन भएको जनतामाझ न्यायाधिस ,सेबाग्राही संग न्यायाधीस, बिद्यालयमा कानूनी शिक्षा लगाएतका काम बारे जिल्लाबासीलाई जानकारी दिई अदालत प्रति जनबिश्वास बढाउन सञ्चार माध्यमले महत्वपूर्ण भुमिका निर्बाह खेलेको बास्तोलाले बताए ।
कार्यक्रममा नेपाल बार एसोसियनका जिल्ला अध्यक्ष के.बि भुसाल , अर्घाखाँची उद्योग बाणिज्य सघका महासचिब नेत्र भुसाल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकाली ,उपाध्यक्ष गणेश खनाल र अर्घाखाँची टाईम्स निर्देशक सूर्य प्रसाद भुसाल लगाएतले शुभकामना दिदै जिल्लामा आए देखी नै रचनात्मक काम सुरुवात गरेको भन्दै बास्तोलालाई आगामी दिनहरुमा थप सफलताको शुभकामना दिएका थिए ।
बास्तोला २० महिला अघि जिल्ला अदालतमा जिल्ला न्यायाधिसको रुपमा आएका थिए भने अहिले तनहुँ जिल्ला अदालतमा सरुवा भएका छन । कार्यक्रम अर्घाखाँची टाईम्सका प्रधान सम्पादक नबिन के.सीको अध्यक्षता र घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।