सन्धिखर्कमा दुईदिने ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण शुरु

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची । देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीको आयोजनामा देउराली यातायातको सान सुरक्षित यात्रा हाम्रो अभियान भन्ने मुल नाराका साथ गाडी चालक तथा सह चालकहरुका लागि सन्धिखर्कमा दुईदिने ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण कार्यक्रम बिहिबारबाट शुरु भएको छ ।
चालक र सहचालक गरी करीव १०० जनाको सहभागिता रहेको तालिममा जिल्ला ट्राफिक प्रहरी प्रमुख चन्द्रिका चौधरी, प्रहरी हवल्दार नारायण पराजुली र यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र बहादुुर खड्काले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसीले तालिमको सफलताको शुभकामना दिएका थिए ।
तालिममा सहजीकरण गर्नेहरुले व्यवसायीलाई सेवाभावले काम गर्न आग्रह गरेका थिए । साथै मादक पदार्थ सेवन गरी सवारी संचालन नगर्न र यात्राको क्रममा चालकले मोवाईलको प्रयोग गर्न नहुने लगायतका विषयमा जोड दिएको थियो ।
साथै समितिका अध्यक्ष योगेन्द्र खड्काले नजिकिदै गरेका चाडपर्वको समयमा गाडीहरु थपेरै भएपनि सहज सेवा दिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
यातायात व्यवसायी शिव अधिकारी, विष्णु केसी, डम्बर श्रेष्ठ खगेश्वर बन्जाडे, नारायण श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रम प्रेम प्रकाश पाण्डेको संचालन र भेष बहादुर केसीको स्वागत मन्तव्यमा सम्पन्न भएको समितिका प्रवक्ता गोविन्द बन्जाडेले जानकारी दिए ।
देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीको आयोजनामा देउराली यातायातको सान सुरक्षित यात्रा हाम्रो अभियान भन्ने मुल नाराका साथ गाडी चालक तथा सह चालकहरुका लागि सन्धिखर्कमा दुईदिने ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण कार्यक्रम बिहिबारबाट शुरु भएको छ ।

अन्य समाचारहरु