देउराली यातायातको २ दिने प्रशिक्षण कार्यक्रम सन्धिखर्क गुन्टीखोलामा सम्पन्न

विनोद गैरे
सन्धिखर्क, अर्घाखाँची ।  नेपालीहरुका महान चाडवाडहरु नजिकिदै गर्दा देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले देउराली यातायातको सान सुरक्षित यात्रा हाम्रो अभियान भन्ने मुल नाराका साथ यात्रुहरुलाई सुरक्षित, आरामदायी र भरपर्दो तवरवाट गन्तव्य सम्म पु-याउनको लागि चालक तथा सहचालकहरुको लागि २ दिने प्रशिक्षण कार्यक्रम समितिकोे प्रधान कार्यालय सन्धिखर्क गुन्टीखोलामा सम्पन्न गरेको छ । 
भाद्र २९ र ३० गते सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा चालक, सहचालक र गाडीधनी गरी झण्डै २०० जनाको सहभागिता रहेको थियो । तालिममा समितिका अध्यक्ष योगेन्द्र बहादुुर खड्का, जिल्ला ट्राफिक प्रहरी प्रमुख चन्द्रिका चौधरी, प्रहरी हवल्दार नारायण पराजुली लगायतले सहजीकरण गर्नुभएको थियो । सहजकर्ताहरुले यातायात व्यवसायी, चालक तथा सहचालकहरुलाई यात्रुहरुप्रति सेवाभाव र मित्रभाव व्यवहार गर्ने, सावारी साधन चलाउदा मादक पदार्थ सेवन नगर्ने, यात्राको क्रममा चालकले मोवाईलको प्रयोग नगर्ने साथै विभिन्न प्राविधिक र व्यवहारिक विषयमा समेत प्रशिक्षण दिईएको समितिका प्रवक्ता गोविन्द बन्जाडेले जानकारी दिनुभएको छ । 
प्रशिक्षण कार्यक्रमको समापन समारोहमा वोल्दै अध्यक्ष खड्काले चाडपर्वको समयमा यात्रुहरुको चाँप वढ्ने भएकोले सम्पूर्ण रुटहरुमा आवश्यता अनुसार सवारी साधनहरु थप गरी कुनै पनि यात्रुलाई अलपत्र हुन नदिन काठमाण्डौवाट २ लक्जरी हाईस बढाएर ५ लक्जरी हाईस त्यस्तै बुटवलवाट १७ जिप तथा लक्जरी हाईज बढाएर २७ जिप तथा लक्जरी हाईज पु-याईएको जानाकारी दिनुभएको छ । गत वर्ष चाडवाडको समयमा यात्रीहरुले बढि भाडा तिरेका गुनासाहरुप्रति इङ्गगित गर्दै अध्यक्ष खड्काले सावारीसाधनहरुले निर्धारित भाडा दर भन्दा बढि भाडा लिएमा यात्रुहरुलाई तुरुन्त कार्यालयमा फोन गर्न आग्रहगर्दै त्यस्तो समितिको नियम विपरित मनोमानी गर्ने सवारी धनी तथा चालकलाई हदै सम्मको कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 
कार्यक्रम समितिका अध्यक्ष योगेन्द्र बहादुर खड्काको अध्यक्षता र प्रेम प्रकाश पाण्डेको संचालन सम्पन्न भएको थियो ।

अन्य समाचारहरु