सन्धिखर्कमा त्रिवेणी सहकारी संस्थाकाे साधारणसभा तथा चाैथाे अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्र बन्जाडे निर्वाचित (तस्बिर सहित)

कमला पाेख्रेल
सन्धिखर्क, अर्घाखाँची । त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: चन्द्र प्रसाद बन्जाडे निर्विराेध रुपमा निर्वाचित हुनु भएको छ । 
जसको उपाध्यक्षमा साेभाखर भुसाल , सचिव उत्तममणि मिश्र, काेषाध्यक्षमा यमकला वन्जाडे निर्वाचित हुनु भएको छ । यस्तै सदस्यमा वलराम वन्जाडे, नारायण सुनार, टाेपलाल खनाल , शिववहादुर खत्री , कमल प्रसाद घिमिरे , राधा खत्री र माेहनरमज भुसाल निर्वाचित हुनुभएको छ । काेषाध्यक्ष यमकला बन्जाडेकाे संयाेजकत्वमा सञ्चार उपसमिति गठन गरेको छ ।
यस्तै सदस्यमा प्रेमनारायण अाचार्य, दामाेदर केसी , गाेपाल प्रसाद खनाल र माेहन प्रसाद खनाल रहेका छन । कानुनी सल्लाहकारमा केवि भुसाल लाई चयन गरेको छ । लेखा समिति संयाेजकमा जिवनारायण खनाल , हरि प्रसाद भुसाल र शिव वेल्वासे    रहनु भएको । 

अन्य समाचारहरु