श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । भर्खरै मात्र सरूुवा भै अर्घाखाँची जिल्लामा अाउनु भएका प्रमुख जिल्ला अधिकारी खिम प्रसाद भुसालले जिल्लाकाे समग्र शान्ति शुरक्षालाई लाई मजबुत राख्न अाफु जस्तो सुकै कदम चाल्न पछाडि नपर्ने बताउनु भएकाे छ ।
अर्घाखाँची उद्योग बाणिज्य संघ अर्घाखाँचीले अाज सन्धिखर्कमा गरेकाे बिजया दशमी – तिहारकाे शुभकामना तथा स्वागत कार्यक्रममा मनतब्य राख्दै प्रजिअ भुसालले यस्तो भनाइ ब्यक्त गर्नु भएकाे हाे ।
अाम नागरिकहरूलाई सुरक्षाकाे प्रत्याभूति दिलाउन अाफु तत्पर रहेकाेले सबैकाे सहयाेग र समर्थन को अाबस्यकता रहेकाे बताउनु भएकाे थियाे ।
कार्यक्रममा उपस्थित नागरिकहरूले जिल्लाका समसामयिक बिषयबस्तुकाे बारेमा जिज्ञासा समेत राखेका थिए ।
कार्यक्रम उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता बरिष्ठ उपाध्यक्ष अशाेक श्रेष्ठको स्वागत मनतब्य र महासचिव नेत्र भुसालकाे सन्चालनमा भएकाे थियो ।