कर्मचारीको चरम लाहप्रवाहीका कारण लोडसेडिङ मुक्त अर्घाखाँचीमा दैनिक १२, १५ पटक लाईन कटौती
आश्विन २ गते, २०७४ मा प्रकाशित
बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल विद्युत प्राधिकरण शाखा अर्घाखाँचीका कर्मचारीको चरम लाहप्रवाहीका कारण जिल्लामा दिनमै १२, १५ पटक भन्दा वढी लाईन कटौती भएको छ ।
लोडसेडिङ मुक्त जिल्ला भए पनि कर्मचारीको हेलचेक्राईको कारण लामो समय देखि दैनिक १२, १५ पटक भन्दा वढी लाईन कटौती भएको हो ।
विद्युत प्राधिकरणमा फोन गरेर ग्राहकले सम्पर्क गर्दा कहिले झिम्रुकमा सिस्टम खरावी भएर लाईन गएको जानकारी गराएपनि जिल्लामै खराबीका कारण लाइन काटीएको देखिन्छ । यस्तै जथाभावी रुखले लाईनका तारहरु छोएको अबस्था देखिन्छ ।
पटक पटक लामो समयसम्म विद्युत काटीरहनु प्राधिकरण कर्मचारीको लार्पबाही भएको उपभोक्ताहरुको गुनासो रहेको छ ।
कर्मचारीहरु तलब भन्दा वढि ओटि खाने र विद्युत वितरणमा लाहप्रवाही भने गरिरहने भन्दै उपभोक्ताले गुनासो पोखेको पाइन्छ । प्राधिकरण शाखा अर्घाखाँचीमा स्थायी ३० जना भन्दा वढि कर्मचारी र अस्थायी १४ जना कर्मचारी कार्यरत छन् तर ती कर्मचारी कार्यालयमा समयमा नआउने र फिल्ड भनेर अन्य काममा व्यस्त भएको पाइन्छ ।
उता नेपाल विधुत प्राधिकरण अर्घाखाँची शाखाको चरम लापरवाहीका कारण सेवाग्राहीहरुले सास्ती व्यहोर्नु परेको छ ।
विद्युत महसुलको विल बुझाउन आएका सर्वसाधारणलाई प्राधिकरणमा कर्मचारी ११ बजे सम्म पनि कार्यालय नआउँदा सास्ती व्यहोर्नु परेको हो ।
कयौ पटक बिहान ११ बजे प्राधिकरण कार्यालयमा विद्युत महसुलको विल बुझाउन आएका सेवाग्राहीहरुको भिड लागे पनि प्राधिकरण कर्मचारी कार्यालय समयमा आएको देखिदैन । प्राधिकरण कर्मचारी पर्खदा हैरान खेपेका सेवाग्राहीहरुले बारम्बार फोन गरेर मात्र कार्यालय आएका देखिन्छन् ।
नेपाल विधुत प्राधिकरण अर्घाखाँची शाखाका कर्मचारीहरुबाट वर्षौ देखि सेवाग्राहीहरुले विभिन्न सास्ती व्यहोर्नु परेको छ ।
जिल्लाका कयौ ठाउँमा तार जोडे पनि बिजुली लाईन नजोड्ने गरेको देखिन्छ । सन्धिखर्क – ९ प्रगतीनगर भालुखोलाका स्थानियबासीका अनुसार गच्छेखोला लाईनबाट तार जोडेको थुप्रो समय भएपनि प्राधिकरण कार्यालयले बजेट छैन भन्ने बिभिन्न नाटकका कारण अहिले सम्म पछाडि दुवारको लाईन प्रयोग गर्नुपरेको छ ।
यस्तै बत्ती नाउदा वा खराब हुँदा प्राधिकरण कार्यालय फोन गर्दा कर्मचारीले फोन नै नउठाउने उठाए पनि सेवाग्राहीहरुका समस्यालाई व्यवास्ता गर्ने गर्दछन् ।