राष्ट्रिय जनमोर्चाको भेला तथा प्रशिक्षण कार्यक्रम भुमिकास्थान नगरपालिकाको नुवाकोटमा सम्पन्न

गोपाल प्रसाद भट्टराई
नुवाकोट, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले संचालन गरेको अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रम अन्तरगत भुमिकास्थान नगरपालिका – ७ नुवाकोट अर्घाखाँचीमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तुल्सी आचार्यको आचार्यको अध्यक्षता, टेक बहादुर थापाको स्वागत मन्तव्य र राम बहादुर थापाको संचालनमा सम्पन्न भएको भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापा, राष्ट्रिय जनमोर्चाका नेता तथा वार्ड नम्बर चारका वार्ड अध्यक्ष बाबुराम पन्थी,अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष सकुन्तला राना र अखिल नेपाल शिक्षक संघका जिल्ला सचिब दल बहादुर के.सी.ले प्रशिक्षण मुलक मन्तव्य राख्दै नेपाली मुलुक यतिबेला चुनौती र अबसरको अबस्थामा रहेको बताउंदै चुनौतीलाई सामना गरि ब्याक्तिगत स्वार्थभन्दा माथी उठेर अबसरको सदुपयोग गर्न सकेमा मात्रै देश अगाडि बढ्नेमा जोड दिनुभएको छ । 
उहाँहरुले राष्ट्रप्रेमी शक्तिहरु एक भएर राष्ट्रिय स्वाधिनताको निम्ती लडाइ लड्नु अहिलेको आबस्यकता औल्याउनुभयो ।

अन्य समाचारहरु