गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची असौज-३ । कम्युनिष्ट दार्शनिक लेनिनको नेतृत्वमा रुसमा सम्पन्न भएको अक्टोबर क्रान्तिको एक सय बर्षमा प्रबेश गरेको अबसरमा राष्ट्रिय जनमोर्चाले देश ब्यापि शतबार्षिकी अभियान संचालन गरिरहेको छ । उक्त अभियानलाई राष्ट्रिय जनमोर्चाका सम्पूर्ण भातृसंगठनले समेत सहयोग र समर्थन दिइरहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
यसैबिच अखिल छैठौं अर्घाखाँचीले पनि अक्टोबर क्रान्तिको शतबार्षिकीको अबसरमा असौज १ गते आइतबारदेखी बिशेष अभियान संचालन गरेको छ । जस अन्तरगत आइतबार भगवती मा.वि.सन्धिखर्क कुर शंखेटारीमा कक्षा ११ र १२ को संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।अखिल छैठौंका जिल्ला सदस्य प्रकाश बेल्वासेको संचालनमा सम्पन्न भएको भेलामा अखिल छैठौंका पाँच नम्बर प्रदेश अध्यक्ष तथा अर्घाखाँची जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई,जिल्ला कोषाध्यक्ष पुरन नेपाली र सचिवालय सदस्य भुवन खनालले अक्टोबर क्रान्ति र समसामयिक राजनितिक बिषयमा प्रशिक्षण दिनुभएको थियो । भेलाले प्रकाश मुखियाको अध्यक्षतामा ३५ सदस्यिय अखिल छैठौं भगवती मा.वि.इकाइ समितिको गठन गरेको छ ।नवगठित समितिको उपाध्यक्ष शारदा नेपाली,सचिव सुर्य बि.क.,सह-सचिव मनिषा गैरे,कोषाध्यक्ष अशोक पोख्रेल र सह-कोषाध्यक्षमा सम्झना सापकोटा चयन हुनुभएको छ ।
यस्तै अखिल छैठौंको अर्को टोलीले आइतबार नै भुमिकास्थान नगरपालिका अन्तरगत शान्ति मा.वि.धारापानीमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला उपाध्यक्ष बिष्णु के.सी.र सह-सचिव सन्देश खनालले सहजीकरण गर्नु भएको भेलाले पृथ्बी भाटको अध्यक्षतामा ५९ सदस्यिय अखिल छैठौं शान्ति मा.वि.कक्षा एघार र बाह्रको समिति निर्माण गरेको छ । जसको उपाध्यक्ष,सचिव,सह-सचिव र कोषाध्यक्षमा क्रमशःगुणानिधि भुसाल,भेषराज के.सी.,संगिता भाट र मौसम के.सी. चयन हुनुभएको छ । टोलीले बसन्ता दमासेको अध्यक्षतामा कक्षा ९ र १० मा पनि ८५ सदस्यिय समिति गठन गरेको जनाइएको छ ।जसको उपाध्यक्ष प्रबिन के.सी.,सचिव गणेश के.सी.,सह-सचिव पुजा पन्थी र कोषाध्यक्षमा लक्ष्मण बि.क.रहनुभएको छ । सोही टोलीले आजै अन्नपूर्ण मा.वि. धारापानीमा पनि कार्यक्रम सम्पन्न गरेको अखिल छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.ले जानकारी दिनुभएको छ । अन्नपूर्ण मा.वि.मा सम्पन्न भएको भेलाले सुरज पौडेलको अध्यक्षतामा ९३ सदस्यिय मुल इकाइ समितिको गठन गरेको छ ।नवगठित समितिको उपाध्यक्ष नबिन बन्जाडे,सचिव मनिषा परियार,सह-सचिव इशा भाट र कोषाध्यक्षमा प्रेरणा भाट चयन हुनुभएको छ ।असौज २ गते सोमबार अखिल छैठौं अर्घाखाँचीले भुमिकास्थान नगरपालिका ढाकावाङ्ग स्थित बिश्व मा.वि. मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल छैठौंका जिल्ला सह-सचिव सन्देश खनालको संचालनमा सम्पन्न भएको भेलामा अखिल छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.र जिल्ला सचिव अनिल खनालले अक्टोबर क्रान्तिको शतबार्षिकी र समसामयिक राजनितिक बिषयमा प्रशिक्षण दिनुभएको थियो । भेलाले जिवन नेपालीको अध्यक्षतामा ११७ सदस्यिय अखिल छैठौं बिश्व मा.वि.ढाकावाङ्ग मुल इकाइ समितिको गठन गरेको छ ।नवगठित समितिको उपाध्यक्ष साबित्रा बन्जाडे,सचिव मन्जु नेपाली., सह-सचिव सुस्मिता नेपाली र कोषाध्यक्षमा निर्मला खनाल चयन हुनुभएको अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।