छत्रगञ्जका युवाहरु मिलि छत्रगञ्ज कल्याणकारी युवा बचत समुहको गठन गरे

छत्रगञ्जको सुपादेउराली मन्दिर ।
पशुपति श्रेष्ठ  
छत्रगञ्ज, अर्घाखाँचीआश्विन ३ गते मङ्गलवार (अर्घाखाँची डटकम) । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५ छत्रगञ्जका देश तथा विदेशमा रहेका युवाहरुले आफू संगै समाजको लागि केही गरौ भन्ने सोचका साथ छत्रगञ्ज कल्याणकारी युवा बचत समूह गठन गरेका छन । 
नेपाल,भारत, युएई, साउदी अरेबिया, कतार, माल्दिभ्स लगायतका देशमा कार्यरत छत्रगञ्जेलि युवाहरुले सामाजिक सञ्जाल फेसवुकको ग्रुप च्याटको माध्यममा गोलबन्द भइ दिलिप रानाको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसहमतरुपमा चयन गरेको छ । 
जस्को उपाध्यक्षमा जीवन रायमाझी ,बाबुराम पौडेल सचिवमा पशुपति श्रेष्ठ सह-सचिवमा मोहन राना कोषाध्यक्षमा बिष्णु माया रायमाझी सह-कोषाध्यक्षमा लक्ष्मण नेपालि रहेका छन त्यसैगरि सदस्यहरुमा राजु सारु,गणेश पन्थी,सन्तोष केसि र बालकृष्ण पौडेल रहेका छन । 
त्यस्तै समुहले ३ सदस्यीय सल्लाहकार समिती पनि चयन गरेको छ जस्मा प्रमुख सल्लाहकारमा कृष्ण प्रसाद पोख्रेल, गणेश पोख्रेल र फर्सुराम पन्थि रहेका छन समुहले केही दिनमै विभिन्न देशमा संयोजक बनाइ छिटटै नै कार्यहरु अघाडी बढाउने निर्णय गरेको छ ।

अन्य समाचारहरु